देश/प्रदेश

धनुषामा सडक दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु

By खबरहब

May 08, 2023

काठमाडौँ- धनुषाको मिथिला नगरपालिका ४ जगदेव पुलमा सोमबार टिपरमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाकै कमला नगरपालिका २ का २२ वर्षीय दिपु यादव छन् ।

यादवलाई ढल्केबर अस्पताल पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए । सिरहाबाट महोत्तरीतर्फ जाँदै गरेको लु १ क १७६८ नम्बरको टिपरमा सोही दिशातर्फ जाँदै गरेको मधेश प्रदेश ०२ ००६ प ६५२७ नम्बरको मोटरसाइकल ठोक्किएको हो ।

दुर्घटनापश्चात फरार रहेका टिपर चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय धनुषाले जनाएको छ ।