ब्रेकिङ स्टोरी

अर्थमन्त्री अनुपस्थित भएपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

By खबरहब

May 08, 2023

काठमाडौँ- प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । सोमबारको आगामी आर्थिक वर्षको लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल भइरहेको छ ।

तर, अर्थमन्त्री डा. प्रकाशशरण महत अनुस्थित भएपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् । एमाले सांसल रघुजी पन्तले सम्बन्धित मन्त्रीको उपस्थिति अनिवार्य रहेको भन्दै सभामुख घिमिरेको ध्यानाकर्षण गराएका थिए ।

यस्तै, रास्वपाका सांसद सुमना श्रेष्ठले पनि उठेर सभामुखको ध्यानाकर्षण गराएकी थिइन् । अर्थमन्त्री महत राष्ट्रियसभा बैठकमा रहेको र आउने जानकारी गराइए पनि अन्ततः १५ मिनेका लागि स्थगित गरिएको हो ।