देश/प्रदेश

दार्चुला हिमपहिरो : थप एक जनाको शव फेला

By खबरहब

May 08, 2023

खलंगा- दार्चुलामा गएको हिमपहिरोमा परी बेपत्ता थप एक जनाको शव फेला परेको छ ।

गत साता गएको हिमपहिरोमा परी बेपत्ता भएकाहरुको खोजी गरिरहेको सशस्त्र प्रहरी बलको टोलीले थप एक जनाको शव फेला पारेको हो । यसअघि हिमपहिरोमा परेका तीन जनाको शव फेला फेला परिसकेको छ ।

हिमपहिरोमा परी बेपत्ता भएकी डोटीको जोरायल गाउँपालिका २ की ईश्वरी थापाको शव फेला परेको सशस्त्रले जनाएको छ ।

सशस्त्रका अनुसार बेपत्ता अर्का एक जनाको खोजी कार्यलाई जारी राखिएको छ ।