सांकेतिक तस्बिर

अपराध

बालिका बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

By खबरहब

May 08, 2023

काठमाडौ- उदयपुरमा १३ र १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भोजपुर आमचोक गाउँपालिका १० घर भई उदयपुर चौदण्डीगढी नगरपालिका ४ बर्खेडाँडामा डेरा गरी बस्ने १८ वर्षीय किशोर र उदयपुर चौदण्डीगढी नगरपालिका ३ बसाह बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

ती बालिकालाई शनिबार राति जबरजस्ती करणी गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टार उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।