ब्रेकिङ स्टोरी

अर्थतन्त्रले सर्जरी खोजेको छ, झारफुक गरेर हुँदैन : सांसद वाग्ले

By खबरहब

May 08, 2023

काठमाडौँ- प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले अहिलेको अर्थतन्त्रले सर्जरी खोजिरहेको भन्दै झारफुक गरेर नहुने टिप्पणी गरेका छन् ।

संसदमा सोमबार पूर्वबजेटमाथिको छलफलका क्रममा सांसद वाग्लेले मुलुकको अर्थतन्त्रमा ठूलै परिवर्तन आवश्यक रहेको बताए ।

अर्थविदसमेत रहेका सांसद वाग्लेले अर्थमन्त्रीले प्रस्तुत गरेको विनियोजन विधेयकबाट उत्साहित हुन नसकेको पनि बताए ।