देश/प्रदेश

समयमा नै निर्माण नभएको भन्दै स्थानीयद्वारा नख्खु–भैँसेपाटी सडक बन्द

By खबरहब

May 08, 2023

काठमाडौँ- ललितपुरको नख्खु–भैँसेपाटी सडक खण्ड समयमा नै निर्माण नभएको भन्दै स्थानीयहरुले सडक बन्द गरिदिएका छन् ।

नख्खु–भैँसेपाटी सडक खण्ड नबनाएर लामो समयदेखि अलपत्र छाडेको भन्दै उनीहरुले सोमबार सडक बन्द गरिदिएका हुन् । स्थानीयहरुले सडक अवरुद्ध गरेपछि सवारी साधनहरु वैकल्पिक मार्ग हुँदै सञ्चालन भएका छन् ।

लामो समयदेखि सडक अलपत्र पार्दा धुँवा धुलो र हिलोले स्थानीय बिरामी पर्न थालेको र सो सडक हुदै आवात जावतमा समस्यमा भएकाले बाध्य भएर दबाब दिन सडक बन्द गर्नु परेको उनीहरुको भनाइ छ । ललितपुर महानगरपालीका वडा नंवर १८ का वडाध्यक्ष दामोदर खड्काले लामो समयदेखि सडक नबनाउँदा समस्या भोग्नुपरेको भन्दै बाध्य भएर सर्वसाधारहरु विरोधमा उत्रन बाध्य भएको बताए ।

पाँच किलोमिटर लम्बाइको नख्खु–भैसिपाटी–बुङ्मती सडक निर्माणको काम विसं २०७३ देखि सुरु भएको थियो । सडकको चौडाइ २० मिटर हुने र सडकमा वर्षाको पानी जाने पाइप, पैदलयात्रु मार्ग लगायतका संरचना निर्माण गरिने भन्दै भत्काइएको सडक पूर्ण रुपमा निर्माण हुन सकेको छैन ।