तस्वीर- एएनआई

अन्तर्राष्ट्रिय

पाकिस्तानको स्वात उपत्यकामा बाढी पहिरोका कारण पर्यटन क्षेत्र प्रभावित

By खबरहब

May 08, 2023

इस्लामावाद- पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको स्वात उपत्यकामा निरन्तरको भारी वर्षासँगै आएको बाढी पहिरोका कारण पर्यटन क्षेत्रमा असर परेको पाइएको छ ।

द न्युज सन्डेका अनुसार भारी वर्षाका कारण पर्यटक आउन नपाएपछि पर्यटन क्षेत्रमा लगानी गरेका व्यवसायीले लाखौँ रुपैयाँ गुमाएका छन् ।

प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पीडीएमए) का अनुसार वर्षाका कारण आएको बाढीले गर्दा सडकमार्ग बन्द भएका छन् । उसैपनि कमजोर पूर्वाधार रहेको यस क्षेत्रमा बाढीले अझ क्षति निम्त्याएको छ ।

पाकिस्तानको स्वीट्जरल्याण्ड भनेर पनि चिनिने स्वात उपत्यका प्रमुख पर्यटकीय गन्तव्य मानिन्छ । कोरोना भाइरसको महामारीका कारण थलिएको स्वात उपत्यकाको पर्यटन क्षेत्र यस प्रकोपबाट अझ प्रभावित भएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।