सांकेतिक तस्बिर

देश/प्रदेश

दार्चुला हिमपहिरो : बेपत्ता थप एकजनाको शव फेला

By खबरहब

May 08, 2023

दार्चुला – दार्चुलाको व्यास गाउँपालिका–१ मा यही वैशाख १९ गते गएको हिमपहिरोमा परी बेपत्ता भएका थप एक जनाको शव फेला परेको छ ।

पहिरोमा पुरिएकी डोटीको जोरायल गाउँपालिका–२ की २८ वर्षीया ईश्वरी थापाको शव फेला परेको छाङरुस्थित सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टले जानकारी दिए । यसअघि बेपत्ता पाँच जनामध्ये तीन जनाको शव फेला परिसकेको छ । “अझै एकजना बेपत्ता छन्, उनको खोजी कार्य जारी छ”, उनले भने ।

हिमपहिरोमा परी बेपत्ता दार्चुलाको दुहँ गाउँपालिका–४ का ३६ वर्षीया कमला कुँवर, उनका छोरा १८ वर्षीय प्रवीण कुँवर तथा डोटीको जोरायल गाउँपालिका–२ की १५ वर्षीया क्षिमिसोमो थापाको शव फेला परेको थियो ।

डोटीको जोरायल–२ की ४५ वर्षीया नक्की डोमा थापा अझै बेपत्ता छिन् । पाँचै जना यार्सागुम्बा सङ्कलनका लागि सो क्षेत्रमा गएका थिए । दार्चुला तथा अन्य जिल्लाबाट यार्सागुम्बा सङ्कलनका लागि बर्सेनी सर्वसाधारण यहाँ आउने गरेका छन् ।