फाइल फोटो

ब्रेकिङ स्टोरी

संघीय संसद्‌का दुवै सदनमा बजेटमाथिको छलफल आज पनि  

By खबरहब

June 08, 2023

काठमाडौँ — संघीय संसद्‌का दुवै सदनमा आगामी आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल आज पनि जारी रहने भएको छ।

प्रतिनिधिसभामा गत सोमबारदेखि र राष्ट्रियसभामा हिजो बुधबारदेखि बजेटमाथिको सामान्य छलफल सुरु भएको हो। छलफलका लागि दुवै सदनको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ।

दुवै सदनमा सत्तापक्षका सांसदले बजेटको समर्थनमा र प्रतिपक्षी सांसदले विरोधमा धारणा राख्ने गरेका छन्। कतिपय सांसदले भने बजेटको कार्यान्वयनमा आशंका गर्दै मिश्रित प्रतिक्रिया दिने गरेका छन्।

बजेटमाथिको छलफलमा सांसदहरुले विषयान्तर गरेर निर्वाचन प्रणाली बदल्नुपर्ने, संविधान संशोधन गर्नुपर्ने, नागरिकता विद्येयकलगायतका विषयमा पनि बोल्ने गरेका छन्।