अन्तर्राष्ट्रिय

फेथ र एरिकमै धेरैको चासो

By मनोज घिमिरे

June 08, 2023

एरिक निङटन यस सिजन शानदार फर्ममा छन्। त्यत्तिकै फर्ममा छिन्,साकारी रिचर्डसन। एथलेटिक्सको मुख्य आकर्षण स्प्रिन्ट नै हो। तर, यस वर्षको स्टार पक्कै पनि अमेरिकी बाधा दौडकी धाविका सिड्नी म्यागगाउलिन, तथा १५ सय मिटरकी स्टार फेथ केपयागेन नै हुने छन्। एकपछि अर्को सफलता पाएका यिनीहरूको प्रदर्शनलाई हेर्न आतुर संसारका पारखी छन्।

१९ देखि २७ अगस्टको बीचमा हंगेरीको बुढा पेस्टमा यी अनुहारलाई हेर्न संसारका एथलेटिक्स पारखी आतुर छन्। साथमा एथिङ मु र म्यागगाउलिन चार सय मिटरमा कुँदेको हेर्न आतुर अनुहार पनि त्यत्तिकै छन्। अर्मान्ड डुप्लान्टीसले पुरानो कीर्तिमान भङ्ग गर्ने छन् या छैनन् भन्ने अबको गृष्म ऋतु सुरु भए पछिको महत्त्वपूर्ण चासो हो।

पेरिस डायमन्ड लिग सुरु हुन एक दिन मात्र बाँकी छ। पेरिसको डायमन्ड लिग धेरै अर्थमा महत्त्वपूर्ण छ। यस कारण धेरैको चासो यस लिगमा छ नै। संसारकै शीर्ष खेलाडीका लागि वर्षको मुख्य च्याम्पियनसिप अघि यो एउटा मुख्य आधार हुनेछ। ज्याकोब इन्ग्रब्रीस्टेनले २ माइलमा विश्व कीर्तिमानको लक्ष्य राखेका छन्।

एरिक निङटन यस सिजन शानदार फर्ममा छन्। त्यत्तिकै फर्ममा छिन्,साकारी रिचर्डसन। एथलेटिक्सको मुख्य आकर्षण स्प्रिन्ट नै हो।

अर्को वर्ष ओलम्पिक खेलकुदको आयोजना हुने ओलम्पिकको ट्रयाकमा चार सय मिटरमा सिड्नी म्याकगाउलीन तथा १ सय १० मिटर हर्डल्समा ग्रान्ट होलवे मुख्य आकर्षण हुने छन्। नोह लायस र मार्सल ज्याकोब्सले १ सय मिटरमा प्रतिस्पर्धा गर्ने छन्। केली हडकिङ्सटनले ८०० मिटर तथा डिनारा स्मिथले १ सय मिटरमा सहभागिता जनाउने छन्।

इन्ग्रब्रीस्टेनले गैर ओलम्पिक स्पर्धा २ माइलमा दौडने छन्। सो स्पर्धामा सन् १९९७ मा केन्याका डानीयल कोम्यानले राखेको विश्व कीर्तिमान यथावतै छ। यो कीर्तिमान भङ्ग गर्न ७ मिनेट ५८ दशमलव ६१ सेकेन्डको समयलाई पार गर्नु पर्ने नै छ। एक हजार पाँ सय मिटरका ओलम्पिक च्याम्पियन तथा ५० हजार मिटरका विश्व च्याम्पियन उनीबाट यो सम्भावना छ। तर नयाँ इभेन्ट भएका कारण सुरुवात देखि गतिलाई कसरी नियन्त्रण गर्ने भन्ने चाहिँ महत्त्वपूर्ण हो।

म्याकगाउलीनले चार सय मिटरमा गर्ने प्रदर्शन धेरैका लागि किन चासो हो भने गत वर्षको विश्व च्याम्पियनसिपमा कायम गरेको हर्डल्सको समय चार सय मिटर फ्लायटमा फाइनल प्रवेशका लागि पर्याप्त थियो। यस कारण पेरिस ओलम्पिकको एक वर्ष अघि बुढा पेस्टमा हुने विश्व च्याम्पियनसिपमा उनले दुई फरक स्वर्ण पदकको अपेक्षा गर्न सकिन्छ।

विश्व च्याम्पियनसिपका स्वर्ण तथा रजत पदक विजेता होलवे र ट्रे कुनिङघम यस पेरिस डायमन्ड लिगमा पनि उत्तिकै जम्ने अनुमान गरिएको छ।

लायससँगै १ सय मिटरमा ओलम्पिक च्याम्पियन इटालीका मार्सेल ज्याकोब्स पनि उपस्थित हुने छन्। उनी इन्जुरीबाट ठिक भए पछि फ्रेड केर्लीसँगको भिडन्त रोचक हुने अपेक्षा गरिएको छ।

२०० मिटरमा विश्व च्याम्पियन तथा अमेरिकी कीर्तिमान धारी लायसले अहिले छोटो दुरीमा पनि तयारी गरी रहेका छन्। विश्व च्याम्पियनसिपका स्वर्ण तथा रजत पदक विजेता होलवे र ट्रे कुनिङघम यस पेरिस डायमन्ड लिगमा पनि उत्तिकै जम्ने अनुमान गरिएको छ।

आठ सय मिटरकी ओलम्पिक रजत पदक विजेता बेलायतकी केलि हड्कीनसन सहभागी हुनेछिन्। पुरुषकै आठ सय मिटरमा बेलायतका विश्व च्याम्पियन जेक विंगटम्यान पनि खेलमा फर्कँदै छन्। दुई सय मिटरमा डिनारा स्मिथले पनि सहभागिता जनाएकी छिन्।

घरेलु दर्शको ट्रायथलनमा सहभागी हुने केभिन मायरमा ध्यान जाने छ। उनले एक सय १० मिटर हर्डल्स, सट पुट र लङ जम्पमा सहभागिता जनाउने छन्।

रोममै केर्लीले १ सय मिटरको दुरी ९ दशमलव ९२ सेकेन्डमा पुरा गरे। उनले मात्र १० सेकेन्ड भन्दा कम समयमा रेस पुरा गरेका हुन्।

अमेरिकी डिस्कर स्टार हालेरी अलम्यान तथा चार सय मिटरमा बाधा दौडका राइ बेन्जामिन सहभागी हुने छन्। यस भन्दा एक साता अघि रोम डायमन्ड लिगले केही सनसनी पूर्ण कथा लिएर आएका थिए। ४०० मिटरकी स्टार सारिका ज्याक्सनले आफ्नै देशकी ओलम्पिक च्याम्पियन एलेन थोम्सन हेराथलाइ हराएकी थिइन्। ओलम्पिक रङ्गशालामा भएको दौडमा उनले २१ दशमलव ९१ सेकेन्डमा दुरी तय गरेकी थिइन्।

अहिलेकी विश्व च्याम्पियन डिनारा आसर स्मिथ,४ सय मिटरकी ओलम्पिक स्वर्ण पदक विजेता साउन मिलर उल्बो र सात पटककी ओलम्पिक च्याम्पियन एलिसन फेलिक्स पनि दुई सय मिटरमा सहभागी थिए।

रोममै केर्लीले १ सय मिटरको दुरी ९ दशमलव ९२ सेकेन्डमा पुरा गरे। उनले मात्र १० सेकेन्ड भन्दा कम समयमा रेस पुरा गरेका हुन्। क्रे किङ र क्राभन्ट र्चाल्सटन शीर्ष ३ स्थानमा रहे।

महिला लङ जम्पको उपाधि युक्रेनकी बेख रमोन्चुकले जितेकी थिइन्। ओलम्पिक च्याम्पियन कमाचो क्वीनले १ सय मिटर हर्डल्सको उपाधि जितेकी हुन्। उनले १२ दशमलव ३७ सेकेन्डमा दुरी तय गरेकी थिइन्।

इथियोपिया निकोलास किपकोर केमीलीले पाँच हजार मिटर दौडमा सफलता पाए। यो वर्ष अमेरिकी वृत्तका लागि खुसको कुरा के हो भने स्यान्डी मोरिस पोलभोल्टमा लयमा छिन्। साथमा एथिङ मु सायद अबका केही वर्ष कसैले हराउन सक्ने छन्।

सन् २०१५ को विश्व च्याम्पियनसिपमा कमजोर प्रदर्शन गरेको अमेरिका एक वर्षपछि ओलम्पिकमा भने सनसनी फैलाउन सफल भएको थियो।

ओलम्पिक वर्ष भन्दा अघिल्लो वर्ष विश्व च्याम्पियनसिपको विशेष अर्थ रहन्छ नै। यस अघिका दुई ओलम्पिक साइकल इतिहासमै फरक देखिएको थियो।

सन् २०१५ को विश्व च्याम्पियनसिपमा कमजोर प्रदर्शन गरेको अमेरिका एक वर्षपछि ओलम्पिकमा भने सनसनी फैलाउन सफल भएको थियो। तर, सन् २०१९ को विश्व च्याम्पियनसिपमा सानदार सफलता पाएको अमेरिका टोकियो ओलम्पिकमा भने एकदमै कमजोर देखिएको थियो। तथापि अर्को वर्षको ओलम्पिकको आङ्कलन गर्न धेरै हदसम्म यस वर्षको पुरै सिजनले सहयोग गर्ने नै छ। यस बीचमा डायमन्ड लिगका हरेक सिरिज र विश्व च्याम्पियनसिप महत्त्वपूर्ण भइनै हाले। स्रोत : ओलम्पिक, रनर्स वर्ल्ड