फाइल फोटो

ब्रेकिङ स्टोरी

केबलकार उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड बुटवल जाँदै

By खबरहब

June 08, 2023

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज रूपन्देहीको बुटवल जाने भएका छन् । आइएमई समूहको लगानीमा बनेको लुम्बिनी केबलकारको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड बुटवल जान लागेका हुन् । 

जेठ १५ गतेदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको उक्त केबलकारको आज औपचारिक उद्घाटन गर्न लागिएको हो ।

बुटवलको गोलपार्कदेखि पाल्पाको बसन्तपुर जोड्ने केबलकारको २०७७ साल फागुन १ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।  केबलकारको दूरी दुई किलोमिटर ६ सय मिटर रहेको छ ।

केबलकारमा मोनोकेबल डिट्याचेबल सिस्टमका २५ वटा गोण्डुला (बाकस) रहेका छन् । एक बाकसमा एकपटकमा ८ जना यात्रु सवार गर्न सक्नेछन् । केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्ने बताइएको छ ।

उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचन, मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, एमाले नेता विष्णु पौडेललगायत सहभागी हुनेछन् ।