देश/प्रदेश

बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

By खबरहब

June 08, 2023

काठमाडौं– मोरङको उर्लाबारी नगरपालिका–३, नयाँ मंगलबारेमा आज दिउँसो तीन बजे बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख ३०७३ नम्बरको बसले विपरीत दिशातर्फबाट आउँदै गरेको प्रदेश १–०१–०१३ प २९० नम्बरको स्कुटरलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक रञ्जन ढकालले जानकारी दिए ।  

दुर्घटनामा मृत्यु भएका स्कुटर चालकको परिचय खुलेको छैन । दुर्घटनामा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि स्थानीयले बसमा आगजनी गरेका छन् । आगजनीबाट बसमा क्षति पुगेको छ । 

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको  छ ।