सांकेतिक तस्बिर

अपराध

भन्सार छलीका सामानसहित एक महिला पक्राउ

By खबरहब

June 08, 2023

धनगढी– धनगढीमा अवैध अर्थात भन्सार छलीका सामानसहित एक महिला पक्राउ परेकी छन् ।

विहीबार धनगढी उपमहानगरपालिका–३ ट्राफिक चोक नजिकबाट भन्सार छलीका सामानसहित महिला पक्राउ परेकी हुन् । 

२४ हजार मूल्य बराबरका कुर्सीसहित डडेल्धुरा अमरगढी नगरपालिका–२ हाल धनगढी उपमहानगरपालिका–३ बस्दै आएकी ४० वर्षीया सुमन भाटलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।