सांकेतिक तस्बिर

समाचार

करेन्ट लागेर मोरङमा एकजनाको मृत्यु

By खबरहब

June 08, 2023

काठमाडौं – मोरङको सुनवर्षी नगरपालिका–५ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ४७ वर्षीय लक्ष्मी सरदार रहेका छन् । आज बिहान साढे १० आफ्नै घर पछाडि रहेको रुखमा आँप झार्ने क्रममा अचानक बिजुलीको तारमा छुन पुक्दा करेन्ट लागि घाइते भएका थिए ।

घाइते सरदारको उपचारको लागि रंगेली अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।