फाइल तस्वीर

ब्रेकिङ स्टोरी

समाजवादी मोर्चाको पहिलो बैठक आज बस्दै

By खबरहब

July 08, 2023

काठमाडौँ– समाजवादी मोर्चा, नेपालको पहिलो बैठक आज बस्दैछ । बैठक नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय अलोकनगरमा अपराह्न ४ बजे बस्ने छ ।

बैठकले मुलुकमा विकसित राजनीतिक घटनाक्रममा मोर्चाले निर्वाह गर्नुपर्ने भूमिका, सरकारले जनजिविका लागि गर्नुपर्ने कार्ययोजना र मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल हुनेछ ।

मोर्चामा आबद्ध चार दलका अध्यक्ष सहभागी हुने बैठकमा मोर्चाको आलोपालो नेतृत्व एवं आगामी दिनमा गर्ने कार्ययोजनाबारे छलफल हुने नेकपा (एकीकृत समाजवादी) का नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।

नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताको अगुवाइमा यही असार ४ गते मोर्चाको घोषणा गरिएको थियो ।