खेलकुद

राष्ट्रिय भलिबल लिगमा आर्मी र पुलिसको विजयी सुरुवात

By खबरहब

July 08, 2023

काठमाडौँ– एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग प्रतियोगितामा महिलातर्फ पुलिस र पुरुषतर्फ आर्मीले विजयी सुरुवात गरेका छन् ।

आज सुरु भएको प्रतियोगितामा महिलातर्फ पुलिसले गण्डकीलाई २५–१०, २५–१० र २५–११ को सेटमा पराजित गरेको हो ।

यस्तै, पुरुषतर्फको पहिलो खेलमा आर्मीले शैलुङ्ग बागढुङ्गा क्लबलाई ३–० को सेटमा पराजित गरेको छ । आर्मीले शैलुङ्गविरुद्ध २८–८, २५–१३ र २५–१७ को सेट बनाएको थियो ।

असार ३० गतेसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ६ टिम र पुरुषतर्फ ७ टिम समावेश छन् ।

महिलातर्फ नेपाल पुलिस क्लब, न्यु डायमण्ड स्पोर्टस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश र एभरेष्ट क्लब छन् ।

यस्तै, पुरुषमा हेल्प नेपाल, आर्मी, एपीएफ, पुलिस, गण्डकी, दावली मिलन क्लब र शैलुङ बागढुङ्गा क्लब छन् ।

प्रतियोगितामा दुवैतर्फ पहिलो, दोस्रो, तेस्रो र चौथो हुनेले क्रमशः ६ लाख, ३ लाख, १ लाख ५० हजार र ७५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।