फाइल फोटो

देश/प्रदेश

नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध

By खबरहब

July 08, 2023

काठमाडौँ- नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध भएको छ । आज दिउँसो ४ बजे चितवनको इच्छाकामना–६ कालिखोला पुल नजिक सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको सडक डिजिभन कार्यालय भरतपुरले जनाएको छ ।

अहिले दुईवटा मेसिन प्रयोग गरी पहिरो हटाउने काम सुरु गरिएको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी चण्डेश्वर शाहले जानकारी दिए ।

पहिरो पन्छाइ सडक सञ्चालन गर्न समय लाग्ने उनले बताए ।