ब्रेकिङ स्टोरी

प्रतिनिधिसभा बैठक जारी

By खबरहब

August 08, 2023

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पटक-पटक अवरुद्ध गर्दै आएको प्रतिनिधिसभा बैठक मंगलबार सुरु भएको छ । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा ४ बजेपछि बैठक सुरु भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट समातिएको करिब क्विन्टल सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने भन्दै एमालेले यसअघि पटक-पटक बैठक अवरुद्ध पार्दै आएको थियो ।

आजको बैठकमा एमाले र अन्य दलका सांसदले बोलेपछि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिनेछन् ।