ब्रेकिङ स्टोरी

तीन दलको बार्गेनिङले संसद्लाई बन्धक बनायो : रवि लामिछाने

By खबरहब

August 08, 2023

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा संसदीय दलका नेता रवि लामिछानेले तीन दलको बार्गेनिङले संसद्लाई बन्धक बनाएको आरोप लगाएका छन् । 

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा उनले निर्धारित समय र मितिमै संसद् बैठक बस्ने घण्टी बज्नुपर्ने भन्दै संसद् तीन दलका शीर्षनेताहरूकाे बन्धक हुन नसक्ने बताएका हुन् । 

उनले संसद्लाई बन्धक बनाउने परिपाटीको अन्त्य हुनुपर्ने माग गर्दै निर्धारित मिति र समयमै संसद् चल्नुपर्ने बताएका छन् ।