फाइल तस्वीर

ब्रेकिङ स्टोरी

क्विन्टल सुन तस्करी प्रकरणबारे सरकारले छानबिन गरिरहेको छ : सांसद पौडेल

By खबरहब

August 08, 2023

काठमाडौँ- नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले क्विन्टल सुन तस्करी प्रकरणबारे सरकारले छानबिन गरिरहेको बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सत्तारुढ पार्टीका सचिवसमेत रहेका सांसद पौडेलले क्विन्टल सुन तस्करी प्रकरणबारे सरकारले छानबिन गरिरहेको बताएका हुन् ।

राज्यको जिम्मेवार निकायले यस प्रकरणको छानबिन गरिरहेको भन्दै उनले त्यसबेलासम्म सहयोग गरेर बस्नसमेत आग्रह गरे ।

भ्रष्टाचारको कुनै अनुहार भूगोल र दल नहुने भन्दै सांसद पौडेलले सामूहिक रूपमा छानबिन प्रक्रियालाई अगाडि बढाउनुपर्ने धारणा राखे ।

उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले छानबिन समिति बनाएर कारबाहीलाई विषयान्तर गर्न खोजेको आरोप पनि लगाए ।