देश/प्रदेश

कैलालीमा सवारी दुर्घटना हुँदा ९ जना घाइते

By खबरहब

August 08, 2023

कैलाली- कैलालीमा सवारी दुर्घटना भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर १ स्थित गोप्कामा दुर्घटना भएको हो ।

कञ्चनपुरको बेलौरीका ३९ वर्षीय सोकन रानाले चलाएको भे १ ज १३२१ नम्बरको ह्वीङ्गर र चुरे गाउँपालिका वडा नम्बर ६ का २४ वर्षीय तेजबहादुर बुढाथोकीले चलाएको से १ क ६२६ नम्बरको टिपर एक आपसमा ठोकिएर दुर्घटना भएको हो ।

पूर्व–पश्चिम राजमार्गको गोप्कामा टिपर र ह्वीङगर आपसमा ठोकिएदा नौ जना घाइते भएका छन् । चालकहरुलाई इलाका प्रहरी कार्यालय, चौमालाले नियन्त्रणमा लिएको छ । घाइते भएका नौ जनाको बडिमालीका पोलिक्लिनिक चौमालामा उपचार हुँदैछ ।