राजनीति

मन्त्रिपरिषद् बैठक : राष्ट्रिय साइबर सुरक्षा नीति स्वीकृत

By खबरहब

August 08, 2023

काठमाडौँ– सरकारले राष्ट्रिय साइबर सुरक्षा नीति स्वीकृत गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले लामो समयदेखि छलफलमा रहेको राष्ट्रिय साइबर सुरक्षा नीति स्वीकृतगरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । साइबर आक्रमणको जोखिम न्यूनीकरण गर्दै संवेदनशील राष्ट्रिय पूर्वाधार संरक्षण गर्ने उद्देश्यसहित सरकारले राष्ट्रिय साइबर सुरक्षा नीति ल्याएको हो ।

त्यस्तै बैठकले बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको उनले बताइन् ।

बैठकले अर्थमन्त्रालयको प्रस्तावमा पाँच रुपैयाँ दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय गरेको छ ।