ब्रेकिङ स्टोरी

क्विन्टल सुन तस्करीको निष्पक्ष छानबिन हुन्छ : गृहमन्त्री श्रेष्ठ

By खबरहब

August 08, 2023

काठमाडौँ- उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले एक क्विन्टल सुन तस्करीको निष्पक्ष छानबिन हुने बताएका छन् ।

प्रकरणबारे संसदमा जवाफ दिँदै मन्त्री श्रेष्ठले कुनै टार, कोट वा राजनीतिक दबाबमा नलागि स्वतन्त्र र निष्पक्ष छानबिन हुने बताएका हुन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री श्रेष्ठले कुनै पनि दबाबमा नझुकी निष्पक्ष अनुसन्धान गर्न तयार रहेको जनाए ।