ब्रेकिङ स्टोरी

सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीमाथि पनि हाम्रो शंका छ : एमाले

By खबरहब

August 08, 2023

काठमाडौँ- नेकपा एमालेका सचेतक महेश बर्तौलाले क्विन्टल सुन तस्करीमा आफूहरुलाई गृहमन्त्री र अर्थमन्त्रीप्रति पनि शंका रहेको जनाएका छन् ।

संसदमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जवाफपछि सम्बोधन गर्दै सचेतक बर्तौलाले राजश्व अनुसन्धान विभागका अधिकारीले १० दिनअघि थाहा भएको र प्रधानमन्त्रीलाई सूचना दिइएको जनाएपनि यसबारे गृहमन्त्री र अर्थमन्त्रीले थाहा नपाएको उल्लेख गरे ।

‘प्रधानमन्त्रीलाई सूचना थाहा हुन्छ, गृहमन्त्रीज्यूलाई थाहा हुन्छ कि हुँदैन, अर्थमन्त्रीलाई थाहा हुन्छ कि हुँदैन ?’ उनले भने, ‘यदी प्रधानमन्त्रीलाई थाहा भएको कुरा गृहमन्त्री र अर्थमन्त्रीलाई थाहा हुन्छ भने गृहमन्त्री मातहतको सुरक्षा संयन्त्रबाट कसरी सडकमा आइपुग्यो त्यो सुन ?’ त्यही भएर गृहमन्त्री र अर्थमन्त्रीप्रति पनि शंका रहेको बताए ।