देश/प्रदेश

एनआरएनए चेक रिपब्लिकको नवनिर्वाचित कार्यसमितिद्वारा पदभार ग्रहण

By खबरहब

August 08, 2023

काठमाडौँ- गैर आवासीय नेपाली संघ (एनआरएनए) चेक रिपब्लिकको नवनिर्वाचित पदाधिकारीहरुको पदभार ग्रहण तथा बुझबुझारथ कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय समन्वय परिषदको चुनाव गत जुलाई १६ मा सम्पन्न भएको थियो ।

अस्ट्रेलियन भोटिङ कम्पनी भेरो भोटिङमार्फत अनलाइन फेस भेरिफिकेसन प्रविधि मार्फत भएको चुनावमा ९८ प्रतिशत मत खसेको थियो । निर्वाचनमा बैकुण्ठ रायमाझी भारी मतका साथ अध्यक्षमा विजयी भएका थिए ।

उक्त कार्यक्रममा निवर्तमान पदाधिकारीहरु अध्यक्ष यदुराम पन्थी, महासचिव गिरीश कँडेल, कोषाध्यक्ष सुजन तिमल्सिनाले नवनिर्वाचित पदाधिकारीहरु अध्यक्ष बैकुण्ठ रायमाझी, महासचिव सन्तुप्रसाद अर्याल, कोषाध्यक्ष रामहरि ढुङ्गेललाई निर्णय पुस्तिका तथा कोष हस्तान्तरण गरेका थिए ।

साथै कार्यक्रममा नेपाली नौमती र पञ्चेबाजा प्रस्तुत गरिएको थियो ।