समाचार

नक्कली नोटसहित तीन जना पक्राउ

By खबरहब

August 08, 2023

काठमाडौं– नक्कली नोटसहित काठमाडौँबाट तीन जना पक्राउ परेका छन् । तारकेश्वर नगरपालिका– ५ गोलढुङ्गा नगिनी खोला आगडिबाट मंगलबार साँझ सशस्त्र प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा लमजुङको दोर्दी गाउँपालिका–२ का सुवास गुरुङ, खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका– ५ घर भएका लक्ष्मी पाण्डे र रामेछापको गोकुल गाउँपालिका–१ का मद दमाइ रहेका छन् ।

सशस्त्र प्रहरीका अनुसार उनीहरुको कोठाबाट नेपाली रुपैयाँ १ हजार दरको १८२ थान नक्कली नोट र नोट बनाउन प्रयोग हुने कागज २०० थान, चार थान मोबाइल , सिमकार्ड १० थान र २२० सीसीको बा ६५ प ९०२७ नम्बरको पल्सर मोटरसाइकल समेत बरामद गरिएको छ ।

पक्राउ परेकाहरुलाई बरामद सामानसहित आवश्यक कारबाहीका लागि प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।