अन्तर्राष्ट्रिय

अफ्रिकी मुलुक मालीमा आतङ्कवादी हमला, ६४ जनाको मृत्यु

By खबरहब

September 08, 2023

माली– अफ्रिकी मुलुक मालीको उत्तरपूर्वी क्षेत्रमा इस्लामिक लडाकुहरूले सैनिक शिविर र यात्रुवाहक डुङ्गामा आक्रमण गर्दा ६४ जनाको मृत्यु भएको छ । 

मालीको अन्तरिम सरकारका अनुसार आतङ्कवादीहरूले दुई फरक ठाउँमा आक्रमण गरेका थिए । आतङ्ककारीहरूले नाइजर नदीमा रहेको टिम्बक्टु डुङ्गा र बाम्बामा रहेको सैन्य शिविरमा आक्रमण गरेका थिए। 

मालीको गाओ शहरबाट मोप्ती जाने नाइजर नदीमा डुङ्गाको यात्रा गरिरहेको बेला उग्रवादीहरूको आक्रमणमा परी ४९ जना मारिएका थिए भने सैन्य शिविरमा भएको आक्रमणमा १५ जना सैनिक मारिएको खबर छ । 

दोहोरो फायरिङमा झण्डै ५० जना लडाकु मारिएको माली सरकारले दाबी गरेपनि यसको स्वतन्त्र पुष्टि भने भएको छैन । डुङ्गामा सवार सर्वसाधारण मारिएपछि मालीको जुन्ता सरकारले तिन दिने राष्ट्रिय शोकको घोषणा गरेको छ ।