प्रतिकात्मक तस्वीर ।

देश/प्रदेश

मेची नदीमा महिलाले फालिन् हाम

By खबरहब

September 08, 2023

झापा- झापाको मेचीनगर नगरपालिका १ तिरिङ दोभानस्थित मेची नदीमा एक महिलाले हाम फालेकी छन् । शुक्रबार एक महिलाले हाम फालेकोमा प्रहरीले उद्धार गरेको छ ।

सशस्त्र प्रहरीले रोङ गाउँपालिका–६ बस्ने ४० वर्षीया सोमा तामाङको नदीमा हाम फालेको अवस्थामा उद्धार गरेको हो ।

उनले नदीमा हाम फालेको जानकारी पाएलगत्तै खटिएको सशस्त्र प्रहरीको टोलीले उनको सकुशल उद्धार गरेको थियो । उनलाई आफन्तको जिम्मा लगाइएको छ ।