तस्वीर- रोयटर्स

अन्तर्राष्ट्रिय

हङकङमा १४० वर्षयताकै सबैभन्दा बढी वर्षा

By खबरहब

September 08, 2023

हङकङ- हङकङमा शुक्रबार करिब १४० वर्षयताकै सबैभन्दा भारी वर्षाका कारण शहरका सडक र केही सबवे स्टेसनहरू पानीमा डुबेका छन् । यसका कारण विद्यालयहरू बन्द गर्न बाध्य भएका छन् ।

सन् १९५२ मा सुरु भएको रेकर्डपछि चीनको प्रबिधि केन्द्र शेन्जेनका अधिकारीहरूले सबैभन्दा बढी वर्षा भएको बताएका छन् ।

विशेषज्ञहरू भन्छन्, “जलवायु परिवर्तनले उष्ण कटिबन्धीय आँधीबेहरीको तीव्रता बढाएको छ । अधिक वर्षा र तीव्र हावाहुरीका कारण आकस्मिक बाढी र तटीय क्षेत्रमा क्षति भएको छ ।”

अधिकारीका अनुसार हङकङमा बिहीबार देखि भारी वर्षा सुरु भएको थियो र मध्यरातसम्म, शहरको मौसम विज्ञान कार्यालयले यसको मुख्यालयमा प्रति घण्टा १५८.१ मिलिमिटर वर्षा रेकर्ड गरेको थियो । यो १८८४ मा रेकर्ड सुरु भएयताको सबैभन्दा धेरै हो ।

शुक्रबार अपरान्ह अस्पताल प्रशासनले कम्तीमा ११० जना घाइते भएका र चार जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

पश्चिमी हङकङ टापुको किनारमा एक व्यक्ति अचेत अवस्थामा फेला परेको उपचारका क्रममा अस्पतालमा मृत घोषित गरिएको छ, यद्यपि अधिकारीहरूले अझै पनि मृत्यु बाढीसँग सम्बन्धित छ कि छैन भनेर अनुसन्धान गरिरहेका छन् ।