ब्रेकिङ स्टोरी

प्रतिनिधिसभा बैठक बस्दै, शिक्षा विधेयकमाथि छलफल हुने 

By खबरहब

October 08, 2023

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ ।

बैठकमा सभामुख देवराज घिमिरेले विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नेछन् ।

यस्तै बैठकमा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक २०८० माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।