आर्थिक

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

By खबरहब

November 08, 2023

काठमाडौं–  आज सुनचाँदीको भाउ घटेको छ । मंगलबारको तुलनामा बुधबार छापावाला सुन तोलामा ३०० रुपैयाँले घटेको हाे । 

बुधबार छापावाल सुन तोलाको १ लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

तेजाबी सुन तोलाको १ लाख १४ हजार १५० रुपैयाँमा किनबेच भइरहेको छ । 

 बुधबार चाँदी तोलामा २० रुपैयाँले घटेर १ हजार ३८५ रुपैयाँ कायम भएको छ ।