फाइल तस्वीर

अन्तर्राष्ट्रिय

थाइल्याण्डले भारतीय पर्यटकलाई भिसा बिना नै प्रवेश दिने

By खबरहब

November 08, 2023

बैंकक- थाइल्याण्डले भारतीय पर्यटकलाई भिसा बिना नै प्रवेश दिने भएको छ । थाइल्याण्डले १० नोभेम्बरबाट भारतीय पर्यटकलाई भिसा बिना नै प्रवेश दिने भएको हो ।

भारतीय समाचार संस्था एएनआईका अनुसार यसअघि श्रीलंकाले पनि भारतीय पर्यटकलाई भिसा बिनै प्रवेश दिने घोषणा गरेको थियो । थाइल्याण्ड सरकारले भारतीय पर्यटकलाई बिना भिसा मुलुकमा ६ महिनासम्मका लागि प्रवेश दिने निर्णय गरेको एएनआईले उल्लेख गरेको छ ।

भारतसहित ताइवानका नागरिकलाई पनि थाइल्याण्डले भिसामा छुट दिएको छ । हाल कायम नीति अनुसार हाल ५९ मुलुकका नागरिकलाई थाइल्याण्ड प्रवेश गर्दा भिसा लिइराख्नु पर्दैन ।

चीनबाट आउने पर्यटकको सङ्ख्यामा कमी आएसँगै यसअघि थाइल्याण्डले कखाजस्तान र चीनका पर्यटकका लागि समेत यस्तै व्यवस्था गरेको थियो ।

त्यहाँको राज्यसञ्चालित सञ्चार माध्यमका अनुसार यस वर्षको पहिलो ९ महिनामा १२ लाख ६० हजारभन्दा धेरै भारतीय पर्यटकले थाइल्याण्डको भ्रमण गरेका थिए ।