सुरक्षा

नेपाली र भारतीय सेना सम्मिलित संयुक्त अभ्यास सम्पन्न

By खबरहब

December 08, 2023

काठमाडौं- नेपाली सेना र भारतीय सेनाका फौज सहभागी भएका सूर्यकिरण संयुक्त अभ्यास सम्पन्न भएको छ । गत मङ्सिर  ८ गतेदेखि भारतको पिथौरागढमा सञ्चालित संयुक्त तालिम अभ्यास बिहीबार समापन भएको हो ।

नेपाली सेनाबाट प्रमुख सेनानी सुवास केसीको नेतृत्वमा ३३४ जनाको सहभागिता रहेको सो सूर्यकिरण संयुक्त अभ्यास प्रतिविद्रोह तथा प्रतिआतङ्कवाद, जोखिम व्यवस्थापमा आधारित थियो ।

नेपाल र भारतमा आलोपालो सञ्चालन हुने यस अभ्यासको १७ औँ संस्करण भारतमा सञ्चालन भएको हो । अभ्यासको निरीक्षणको लागि नेपाली सेनाको तर्फबाट सहायक रथी सानुकाजी थापा खटिएका थिए ।

अभ्यास समापनपश्चात् आज नेपाली सेनाको टोली स्वदेश फिर्ता भएको नेपाली सेना जनसम्पर्क निर्देशनालयले जनाएको छ ।