ब्रेकिङ स्टोरी

त्रिभुवन विमानस्थलबाट बरामद भएको १४ किलो सुन ‘विशुद्ध’

By खबरहब

December 08, 2023

काठमाडौं- शुक्रबार बिहान त्रिभुवन विमानस्थलबाट बरामद भएको १४ किलो सुन विशुद्ध भएको पुष्टि भएको छ ।

उक्त सुन परीक्षण गर्दा विशुद्ध सुन रहेको पुष्टि भएको भन्सार विभागले जनाएको छ ।

प्रयोगशाला शाखाले सूचना जारी गर्दै सबै नमूनाको छुट्टाछुट्टै परीक्षण गर्दा सबै मालवस्तु विशुद्ध सुन भएको पाइएको जानकारी दिएको हो ।