अन्तर्राष्ट्रिय

सन् २०३० मा भारत तेस्रो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण

By खबरहब

December 08, 2023

नयाँ दिल्ली- भारत सन् २०३० मा विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण सार्वजनिक भएको छ । एसएण्डपी ग्लोबल रेटिङले जारी गरेको प्रतिवेदनमा हाल पाचौँ ठूलो अर्थतन्त्र रहेको भारत सन् २०३० मा तेस्रो ठूलो बन्ने उल्लेख छ ।

उक्त प्रतिवेदनमा यस वर्ष भारतको अर्थतन्त्र ६ दशमलब ४ प्रतिशतले बढ्ने र सन् २०२७ बाट यो बढेर ७ प्रतिशत पुग्ने प्रतिवेदनमा जनाइएको छ ।

भारतको तुलनामा चीनको अर्थतन्त्र यस वर्ष ५ दशमलब ४ प्रतिशतले बढ्ने र सन् २०२६ सम्म चीनको वृद्धिदर ४ दशमलब ६ प्रतिशतमा खुम्चिने उक्त प्रतिवेदनमा प्रक्षेपण गरिएको छ ।

तीव्र आर्थिक वृद्धिदरका कारण सन् २०३० सम्ममा जापानलाई उछिनेर भारत तेस्रो ठूलो अर्थतन्त्र बन्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।