अपराध

ठगी गरेको आरोपमा पोखराका वडा सदस्यसहित ४ जना पक्राउ

By खबरहब

December 08, 2023

कास्की – पोखरामा ठगीसम्बन्धी मुद्दामा वडा सदस्यसहित चार जना पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका–६, खहरेका वडा सदस्य ४२ वर्षीय दीपेन्द्र पहारी, सोही वडाको लेकसाइड बैदाम बस्ने ४१ वर्षीय विकास पहारी, सोही स्थान बस्ने २२ वर्षीय प्रवीण विश्वकर्मा, २४ वर्षीय अभिषेक परियार र अप्पे भन्ने २४ वर्षीय अभिषेक बराल पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

लेकसाइडस्थित फुटट्रायकमा फोटोग्राफी गरेबापत उनीहरूले धम्की दिएर विभिन्न व्यक्तिहरुलाई ठगी गरेको प्रहरीको आरोप छ । प्रहरीका अनुसार उनीहरुले फोटोग्राफी गर्नेहरुबाट प्रतिव्यक्ति १३ हजार ५०० रूपैयाँ लिएको र व्यवसायी दर्ता नगरेको भन्दै धम्की दिँदै आएका थिए ।

पक्राउ परेकाहरूविरू जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी मुद्दामा १० दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।