खेलकुद

चेल्सीलाई ४ शून्यले पराजित गर्दै सिटी चौंथो चरणमा

By खबरहब

January 09, 2023

काठमाडौं – एफए कप फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा चेल्सीलाई ४-० गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर सिटी चौंथो चरणमा प्रवेश गरेको छ।

सिटीको जितका लागि रियाद महरेजले दुई गोल गरे भने जुलियन अल्भारेज र फिल फोडेनले एक-एक गोल गरे।

खेलको २८ औं मिनेटमा महरेज, ३० औं मिनेटमा अल्भारेज र खेलको ३८ औं मिनेटमा फोडेनले गरेको गोलमा पहिलो हाफमा उसले ३ शून्यको अग्रता कायम गरेको थियो।

त्यसपछि दोस्रो हाफको ८५ औं मिनेटमा महरेजले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ४-० को जित दिलाएका हुन्।