आर्थिक

प्रि ओपन सेसनमा नेप्से ६.८४ अंकले बढ्यो

By खबरहब

January 09, 2023

काठमाडौं– प्रि ओपन सेसनमा सोमबार नेप्से सूचक ६.८४ अंकले उकालो लागेको छ । यससँगै सूचक २१७१.४६ विन्दुमा आएको छ । २१ कम्पनीको ४ हजार १८८ कित्ता सेयर खरिदबिक्री हुँदा १४ लाख ५९ हजार ७३१ रुपैयाँको सेयर कारोबार भएको छ । 

यो सेसनमा कुल ११ कम्पनीमा उकालो लागेको छ भने ५ कम्पनी घटेको छ । साथै ४ कम्पनी स्थिर  छ । यता, १३ उपसुचकहरु मध्ये ६ वटा कम्पनीमा वृद्धि भएको छ । एक कम्पनीमा ओरालो लागेको छ भने बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।