फाइल फोटो

ब्रेकिङ स्टोरी

राष्ट्रियसभाको बैठक सुरु

By खबरहब

January 09, 2023

काठमाडौँ– राष्ट्रियसभाको बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको छ । गत मङ्सिर ४ मा सम्पन्न निर्वाचनपछि गठन भएको प्रतिनिधिसभासँगै राष्ट्रियसभाकोसमेत पहिलो बैठक दिउँसो १ बजे सुरु भएको हो ।

पहिलो बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सङ्घीय संसद्को बैठक आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाएका थिए । यस्तै उनले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदमा नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा सदनलाई जानकारी गराएका थिए ।