फाइल फोटो

ब्रेकिङ स्टोरी

संसद्‌मा नयाँ दलको प्रवेश लोकतन्त्र र नागरिक सम्प्रभूताको जित : प्रधानमन्त्री

By खबरहब

January 09, 2023

काठमाडौं– प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद्‌मा नयाँ राजनीतिक दलको प्रवेशले लोकतन्त्र र नागरिक सम्प्रभूताको जित भएको बताएका छन् । 

संघीय संसदको हिउँदे अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संसद्‌मा नयाँ राजनीतिक दल र नयाँ अनुहारको प्रवेशले लोकतन्त्र र नागरिक सम्प्रभूताको जित भएको बताएका हुन् । 

उनीहरूमा देश र जनताको हितमा काम गर्न हुटहुटी रहेको  प्रचण्डको भनाइ छ ।