आर्थिक

सेयर बजारमा ४६.७६ अंकको वृद्धि

By खबरहब

January 09, 2023

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजार उकालो लागेको छ । आज नेप्से परिसूचकमा ४६.७६ अंकले वृद्धि भई २२११.३८ विन्दुमा पुगेको हो । आज २.१६ प्रतिशतले सेयर बजार बढेको छ। आइतबार सेयर बजारमा २०.५५ अंकको वृद्धि भएको थियो भने पाँच अर्बभन्दा बढीको कारोबार भएको थियो । 

सोमबार २५७ कम्पनीको कारोबार हुँदा एक करोड ४६ लाख ७६ हजार २०६ कित्ता सेयर किनबेच भयो । यस्तै, पाँच अर्बभन्दा बढीको सेयर कारोबार भएको छ । आज रिडी पावर कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको २० करोडभन्दा बढीको सेयर बिक्री भएको छ । 

यता, वरुण हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, छ्याङ्दी जलविद्युत, जोशी हाइड्रोपावर, हिमालयन उर्जा, युनियन हाइड्रोपावर, सिंगटी हाइड्रो इनर्जी र खप्तड लघुवित्तमा १० प्रतिशतले वृद्धि भएको हो ।  

कुल १७३ कम्पनीमा उकालो लागेको छ भने ३१ कम्पनीमा ओरालो लागेको छ । ६ कम्पनीको मूल्य भने स्थिर रहेको छ । आज १३ उपसुचकमध्ये होटल तथा पर्यटनबाहेका सबै उपसुचकमा हरियाली छाएको छ ।