राजनीति

टीकापुर घटनाको न्याय निरुपण नहुन्जेल लडिरहने : अध्यक्ष श्रेष्ठ

By खबरहब

January 09, 2023

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले टीकापुर घटनाको न्याय निरुपण नहुन्जेल आफ्नो पार्टीले लडिरहने बताएकी छन् । प्रतिनिधिसभाको पहिलो बैठकमा सम्बोधन गर्दै श्रेष्ठले टीकापुर घटना बन्द कोठा वा गुफामा नभएर कसले के गर्‍यो भन्ने विषयमा सबैले देखेको बताइन् ।

‘टीकापुर घटना बन्द कोठा वा गुफामा भएको घटना होइन । टीकापुर घटनामा कसले कसलाई मार्‍यो देख्ने आँखाहरू हजारौं छन्,’ उनले भनिन्, टीकापुर घटनाको न्याय निरुपण नहुन्जेलसम्म लडिरहने छौं ।’

उनले टीकापुर घटना सम्बन्धमा सर्वोच्च अदालतले जारी गरेको आदेशअनुसार लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्ने पनि माग गरेकी थिइन् । सबै राजनीतिक दलका नेताहरूले चौधरी निर्दोष भएको बताए पनि जेलमा राखिएको भन्दै आपत्ति जनाएकी थिइन् ।