राजनीति

गण्डकीका मुख्यमन्त्री अधिकारीले लिए शपथ

By खबरहब

January 09, 2023

पोखरा– गण्डकीका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आजै अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

अधिकारीलाई ३३ सांसदको समर्थन छ । मुख्यमन्त्री अधिकारीले आजै ३ मन्त्रीलाई नियुक्त गरेका छन् । माओवादीका हरिबहादुर चुमान, एमालेकी सीताकुमारी सुन्दास र राप्रपाका पञ्चराम गुरुङले पनि शपथ लिएका छन् । 

उनीहरु सबैलाई विना विभागीय मन्त्रीको शपथ गराइएको हो । आजै मुख्यमन्त्री र मन्त्रीहरूले पदभार ग्रहण गर्ने कार्यक्रम छ ।