सांकेतिक तस्बिर

देश/प्रदेश

चरेशसहित कास्कीबाट एक जना पक्राउ

By खबरहब

January 09, 2023

काठमाडौँ- जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध चरेशसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुम पूर्व पुथा उत्तरगंगा गाँउपालिका वडा नम्बर १२ घर भएका ३५ वर्षका विरेन शाही रहेका छन् ।

यहि पुस २२ गते साँझ साढे ६ बजे पोखराको पृथ्वीचोकबाट उनी पक्राउ परेका हुन् । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले शंका लागेर उनको खानतलासी गर्दा चरेश बरामद भएको प्रहरीले जनाएको छ ।

उनको साथमा रहको झोलाबाट लागूऔषध चरेश ३ केजी ३०० ग्राम र एक थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका शाहीलाई कास्की जिल्ला अदालतबाट सात दिन म्याद लिएर अनुसन्धान शुरु गरिएको कास्की प्रहरीले जनाएको छ ।