देश/प्रदेश

प्रधानमन्त्रीलाई विश्वासको मत दिने कांग्रेसको संकेत

By खबरहब

January 09, 2023

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् । उनीहरूबीच धुम्बाराहीमा भेटवार्ता भएको देउवाको सचिवालयले जानकारी दिएको छ ।

भेटवार्तामा प्रचण्डले आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए । त्यस क्रममा कांग्रेस शीर्ष नेताहरुले प्रचण्डलाई विश्वासको मत दिने आश्वासन दिएको एक नेताले जानकारी दिए ।

यद्यपि, यसबारे आधिकारिक निर्णय भने मंगलबार विहान बस्ने कांग्रेस संसदीय दलको बैठकले गर्नेछ। मंगलबार प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् ।