तस्वीर- एएनआई

अन्तर्राष्ट्रिय

भारतको बुलेट रेल परियोजनाबाट प्रभावित भएँ : जापानी राजदूत

By खबरहब

January 09, 2023

काठमाडौँ– भारतमा निर्माणाधीन बुलेट रेल परियोजनाबाट आफू प्रभावित भएको भारतका लागि जापानी राजदूतले बताएका छन् । अहमदावाद सहरलाई मुम्बईसँग जोड्ने तीव्र गतिको बुलेट रेल परियोजनामा अपेक्षाअनुसार प्रगति भइरहेको भारतका लागि जापानी राजदूत हिरोशी सुजुकीले बताएका हुन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार जापानी राजदूत सुजुकीले परियोजना निर्माणमा लागिपरेका कामदारहरुको कामप्रतिको लगावले पनि आफूलाई प्रभावित तुल्याएको प्रतिक्रिया दिए । परियोजना निर्माणस्थल गुजरातको नभसरी क्षेत्रको भ्रमणका क्रममा राजदूतले यस्तो टिप्पणी गरेका हुन् ।

गुजरातको अहमदावादलाई महाराष्ट्रको मुम्बईसँग जोड्ने यस बुलेट रेल परियोजना भारतले जापान सरकारको आर्थिक एवम् प्राविधिक सहयोगमा निर्माण गरिरहेको छ ।