सांकेतिक तस्बिर

देश/प्रदेश

कृष्णपुरका विद्यालय चार दिन बन्द रहने

By खबरहब

January 09, 2023

कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर नगरपालिकाका विद्यालय चार दिन बन्द हुने भएका छन् । नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै मौसम प्रतिकुलताका कारण पुस २६ देखि २९ सम्म बिदा दिने जनाएको हो ।

नगरपालिकामा कार्यरत उपसचिव विष्णुदत्त भट्टद्धारा जारी जारी सूचनामा शैक्षिक सत्रको संञ्चित जाडो विदाबाट मिलान हुने गरी पालिका अन्तरगतका सबै विद्यालयहरुमा जाडो बिदा थप गर्ने निर्णय गरिएको उल्लेख छ ।

सूचनामा बिदा अवधिमा विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकुल प्रभाव नपर्ने अवस्था रहेमा विद्यालयहरुले अतिरिक्त कक्षा तथा अतिरिक्त क्रियाकलाप संचालन गर्न सकिने उल्लेख छ ।