सांकेतिक तस्वीर ।

देश/प्रदेश

वीरगञ्जबाट एक जना हुण्डी कारोबारी पक्राउ

By खबरहब

January 09, 2023

वीरगञ्ज – हुण्डी कारोबार गरेको आरोपमा वीरगञ्ज प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले हुण्डी कारोबारको आरोपमा वीरगञ्ज–१७ अलौ बस्ने १९ बर्षिय राजन कुमार साहलाई १२ लाख २० हजार रकमसहित पक्राउ गरेको हो ।

वीरगञ्ज–२५ सिर्सिया स्थित सडक खण्डमा बीआर ०५ ए ई ३५५६ नम्बरको भारतीय मोटरसाइकलमा आउँदै गरेका साहले लगाएको हेल्मेटभित्रबाट स्रोत नखुलेको १२ लाख २० हजार रुपैयाँ बरामद गरेको पर्सा प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनलाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।