फाइल तस्वीर : रासस

देश/प्रदेश

तनहुँमा अफ्रिकन स्वाइन फिभरबाट २२ बङ्गुर मरे

By खबरहब

January 09, 2023

तनहुँ :  अफ्रिकन स्वाइन फिभरबाट तनहुँमा २२ बङ्गुर मरेका छन् । जिल्लाको भीमाद नगरपालिका–६ मा आठ र म्याग्दे–५ मा गाउँपालिकामा १४ वटा बङ्गुर मरेका हुन् ।

म्याग्दे गाउँपालिका–५ का जगत थापाको ११ र सोही वडाका कृषक गोरे कुमालको तीन र भीमाद नगरपालिका–६ का शुरवीर थापाको आठ वटा बङ्गुर मरेको भेटेरिनरी तथा पशुविज्ञ केन्द्रले जनाएको छ । भीमाद नगरपालिकामा एक साताअघि जिल्लामा पहिलो पटक म्याग्दे गाउँपालिकामा अफ्रिकन स्वाइन फिभर सङ्क्रमणबाट बङ्गुर मरेको भेटेरिनरी तथा पशुविज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले दिए ।

म्याग्दे गाउँपालिका–५ का कृषक थापाको फार्ममा रहेका २२ बङ्गुरमध्ये ११ र कुमालका तीनवटै बङ्गुर मरेर सखाप भएको उनले बताए । कृषकले बिहान चार मरेको र केही बङ्गुर बिरामी भएको जानकारी पाएपछि डा श्रेष्ठसहितको प्राविधिक टोली कृषकको फार्मतर्फ पुगेको थियो ।

उक्त रोगविरुद्ध अहिलेसम्म भ्याक्सिन बनेको छैन । सो सङ्क्रमण हुँदा बङ्गुरमा उच्चज्वरो आउने, खाना मन नगर्ने, झोक्राउने, पेट र कानमा रगतका धब्बा देखापर्नेजस्ता लक्षण देखापर्दछ ।