प्रतिकात्मक तस्वीर

देश/प्रदेश

भक्तपुरमा सिलिण्डर विस्फोट, एक घाइते

By खबरहब

January 09, 2023

भक्तपुर-सूर्य विनायक नगरपालिका–३, बालकोटस्थित रामप्रसाद थपलियाको घरमा आज ग्यास सिलिण्डर विस्फोट हुँदा एक जना घाइते भएका छन् । विस्फोटमा परी दुई घरमा क्षति पुगेको छ ।

सिलिण्डर विस्फोट हुँदा थपलियाकी श्रीमती तारा घले थपलिया घाइते भएको प्रहरीले जनाएको छ । उनको मध्यपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताए ।

विस्फोट हुँदा घरको भान्छा कोठा भत्किएको छ भने पार्किङमा रहेको कारको सीसा फुटेको छ । छिमेकीको घरको झ्यालका सिसा फुटेर क्षति पुगेको प्रहरीको भनाइ छ ।